+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
57/4 (9.6)
Shares

सफल नायिका दीपिकाको २८ औं जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २१ गते ११:५२

deepika-padukoneबलिउडमा छोटो समयमै चर्चा कमाउन सफल नायिका दीपिका पादुकोण आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । बलिउडमा चलचित्र ‘ओम शान्ती ओम’ मार्फत प्रवेश गरेकी पादुकोणले करिब ७ बर्षको अवधिमा नै नम्बर १ को उपाधी पाइसकेकी छिन् ।

बलिउडमा प्रवेश गर्नु अघि दीपिका मोडलिङमा सक्रिय थिइन् । उनले सन् २००६ मा ‘किंगफिशर फेशन अवार्ड’मा ‘फ्रेस अफ द ईयर’ र ‘फीमेल मोडल अफ द ईयर’को उपाधी जितेकी थिइन् । गत बर्ष प्रदर्शनमा आएका ४ चलचित्रले बलिउडमा १ सय करोड क्लबमा आफ्नो स्थान सुरक्षित गरेपछि दीपिका नम्बर १ बनेकी हुन् । यो बर्ष उनको साहरुख खानसँग चलचित्र ‘ह्याप्पी न्यू ईयर’ प्रदर्शनमा आउँदैछ ।

दीपिकाको जीवनमा लभ र अफेयरका घटनाहरु पनि नघटेका होइनन् । उनको अघि पछि नायक रणवीर सिंह र सिद्धार्थ माल्या सधै नै घुमिरहेका छन् । तर दीपिकाको जीवनमा नायक रणवीर कपुर मात्र प्रेमिको रुपमा उदाएका थिए । दीपिका एक सफल ब्याडमिन्टन खेलाडी पनि हुन् । नायिका पादुकोणलाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?