+
+

अनाथ बालबालिकालाई साथ दिँदै इन्सेन्टिभको सामाजिक उत्तरदायित्व

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २४ गते १०:२०

igc_csr-1

२४ पुस, काठमाण्डौ । पर्यटन उद्योगमा सक्रिय ‘इन्सेन्टिभ ग्रुप अफ कम्पनी’ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भक्तपुरको न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटीका अनाथ बालबालिकालाई राहत बितरण गरेको छ ।

५० बालबालिका रहेको सो अनाथलयमा गत शनिवार ग्रुपका कार्यकारी अध्यक्ष हरिमान लामासहित ब्यबस्थापन र कर्मचारीहरुले एक दिन बिताएका थिए ।

ग्रुपमा कार्यरत कर्मचारीले उठाएको रकमबाट कपडा तथा खेलौना किनेर सवै बालबालिकालाई बितरण गरिएको थियो ।

ग्रुपको ब्यबस्थापन समूह र कर्मचारीले बालबालिकालाई खाना खुवाएका थिए भने उपहारस्वरुप चललेट र विष्कुट पनि बितरण गरिएको थियो ।

सो अबसरमा बिभिन्न खेल आयोजना गरिएको थियो भने बालबालिकावीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यकारी अध्यक्ष लामाले बिजेता बिद्यार्थीलाई पुरस्कार बितरण गर्दै उज्ज्वल भबिष्यको कामना गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?