+
+

अमेरिकामा एकै परिवारका पाँच पुस्ता नेपाली एकै छतमुनि

भर्जिनिया । अमेरिकाको बाल्टिमोरमा नेपाल गोर्खा घर भई बाल्टिमोरमा किराना पसलको व्यवसायमा राम्रोसंग जमेका प्रेम कुमार श्रेष्ठले नेपाली समुदायलाई एकत्रित पार्दै परमेश्वरको अनुकम्पाले अमेरिका जस्तो मुलुकमा हामी पाँच-पुस्ता नै एकै थलोमा हुन् पाउनु सौभाग्य हो भन्दै नाति जन्मेकोमा भोज सहित सांगीतिक साँझको आयोजना गर्दै नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ३० गते ११:४०

विजय थापा

भर्जिनिया । अमेरिकाको बाल्टिमोरमा नेपाल गोर्खा घर भई बाल्टिमोरमा किराना पसलको व्यवसायमा राम्रोसंग जमेका प्रेम कुमार श्रेष्ठले नेपाली समुदायलाई एकत्रित पार्दै परमेश्वरको अनुकम्पाले अमेरिका जस्तो मुलुकमा हामी पाँच-पुस्ता नै एकै थलोमा हुन पाउनु सौभाग्य हो भन्दै नाति जन्मेकोमा भोजसहित सांगीतिक साँझको आयोजना गर्दै नेपाली समुदायलाई नचाएर छोडे ।5-pusta

नेपाली समुदाय पनि यस्तो संयोग बिरलै हुन्छ भन्दै सांगीतिक साँझमा साथ दिएका थिए । कार्यक्रममा सहभागी हुनु भएका म्यारिल्याण्डका समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारी चकित हुँदै भने यो युगमा पनि एउटा घरमा पाँच पिंढी एउटा छत मुनि उदाहरणीय रुपमा बसेको आफुले देखेको यहिँ परिवार हो भन्दै प्रसंशा गर्न चुकेनन् । सांगीतिक साँझमा वरिष्ठ लोक गायक तथा नेपाल सरकारका महाबाणिज्यदुत प्रेम राजा महतले पनि सांगीतिक साँझमा साथ दिएका थिए ।

 र थप कुराहरु बिसाउँदै अहिलेका पुस्ता र अमेरिका जस्तो मुलुकमा १८ बर्ष देखि अभिभावकसंग छोडेर बस्ने रिति र चलन भएकोमा यो पाँच पुस्ते परिवार एउटा घरको एउटा छत मुनि अटाएर बस्न सक्नु जस्तो उदाहरण केहि हुँदैन भन्दै हाम्रो समाजले यसबाट केहि सिक्न सकोस भनि शुभकामना नेपाली समाज र परिवारलाई दिए । श्रेष्ठले भने हामी सयौँ बर्ष पहिले अमेरिका आएका हैनौँ , १० बर्ष पहिले आफु अमेरिका छिरेको र मुखमा माड लाउनआफु व्यवसायमा लाग्दै नेपाली नामकरण गरेको किराना पसल मनकामना र माउन्ट एवरेस्ट राखेकोमा गर्व गर्दछन् । सबैले सगरमाथा नेपाल रनेपालीको पहिचान र गौरब हो भन्दै साईत जुराएर नेपाली नाम राखिएको श्रेष्ठले बताए ।5-pusta-2

 उक्त सांगीतिक कार्यक्रम तथा समुदाय भेटघाट कार्यक्रममा कलाकार ,ब्यबसायी ,बिभिन्न वर्गका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु ,प्राध्यापक तथा संघ तथासंस्थाका प्रतिनिधिहरु निमन्त्रणा गरेका थिए । पाँचौ पुस्ताको नवजात शिशु अर्नव श्रेष्ठ ,उनका पिता अपार श्रेष्ठ , अपार श्रेष्ठका पिता प्रेम कुमार श्रेष्ठ, उनका पनि ६९ बर्षीय पिता अमर बहादुर श्रेष्ठ र अमर बा श्रेष्ठका पनि पिता ९६ बर्षीय नारायण बहादुर श्रेष्ठ गरि पाँचौ पिंढी समुदायले एकै थलोमा देख्दाबडो आश्चर्य साथ अवलोकन गरे ।

 श्रेष्ठले भने हजुर बुवा २००८ मा पनि आउनु भएको थियो भने दशैँमा बोलाएका थियौँ र अब यतै बस्न सक्ने जानकारी दिए भने पिता अमर बहादुर श्रेष्ठ नेपालबाट लगातार आउने जाने गर्नु हुन्छ भने । घरमा साँझ सम्ममा १५ जना सदस्य जम्मा हुने छौँ पाँच पुस्ता एकै ठाउँमा बसोबास गर्दा स्वर्गीय आनन्द हुने बताए । अमेरिका अवसर पाईने देश भएकोले म पनि भाग्यशाली भए भन्दै ब्यबसाय राम्रै गतिमा संचालनमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?