Comments Add Comment

राष्ट्रपति यादव कामचलाउ भइसके : नेपाल

५ माघ, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान राष्ट्रपति डा. रामवरण यादव काम चलाउमात्रै भएको टिप्पणी गरेका छन् । madhav-nepalनेपालले पहिलो संविधानसभाले निर्वाचित गरेका राष्ट्रपति दोस्रो संविधान सभा निर्वाचन भएर नजिता आइसकेको अबस्थामा उनी स्वतः कामचलाउ भएको दावी गरेका हुन् ।

मोरङको विराटनगरमा आइतवार पत्रकारहरुसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई वुझ्ने राष्ट्रपति यसवारे जानकार रहेपनि काँग्रेसले अनावाश्यक रुपमा विवादमा तानेको बताए । राष्ट्रपतिको निर्वाचन हुनु पर्ने माग मनोगत रुपमा आफुहरुले नउठाएको भन्दै उनले संविधानमा लेखिएको व्यवस्थालाई कार्वान्वयन गराउँदै लोकतन्त्रको मुल्य र मान्यतालाई स्थापित गर्न खाजेको वताए ।

फरक प्रसंगमा नेता नेपालले समग्र संस्थाको हितका लागि आमरण अनसन वसेको डा. केसीको पक्ष आफु रहेको वताए । उने भने,’ डा केसी यति लामो समय अनसनमा वसेका छन् । यसमा सरकारको ध्यान जान जरुरी छ ।’ ‘ कुनै व्यक्ति व्यतिगत स्वार्थवाटमाथि उठेर संस्थागत हितका लागि आमरण अनसन बस्छ भने त्यहाँ केही आर्थिक चलखेल भएको पक्कै हुन पर्छ सरकारले यसवारेमा ध्यान जान आवश्य म ठान्दछु , उनले भने । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment