Comments Add Comment

३५ लाख नक्कली भारूसहित युनुस अन्सारी पक्राउ

११ माघ, काठमाडौं । ३५ लाख नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारीलाई नेपाल प्रहरीको विशेष ब्यूरोले शनिबार दिउँसो ललितपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाटै नक्कली भारुसहित अन्सारी र अन्य दुईजनालाई पक्राउ गरेको हो । नक्कली भारुको कारोबार गरेको अभियोगमा यसअघि पक्राउ परी जेल सजाय काटेर छुटेका अन्सारी पुनः नक्कली भारुसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

Yunush Ansari

प्रहरी प्रवक्ता गणेश केसीले अन्सारीलाई नक्कली भारुसहित पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि मुलुकी ऐनको खोटा चलन ऐन अन्तरगत कारबाही अघि बढाइने बताए ।

अन्सारीलाई वैदेशिक शक्तिले फसाएको कुरा अस्वीकार गर्दै प्रवक्ता केसीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेकाले अन्सारीलाई कानुन वमोजिम् सजाय हुने जानकारी दिए ।

महानगरीय प्रहरी परिसर सातदोबाटोले अन्सारी पक्राउ परेको पुष्टि गर्दै उनलाई स्पेशल ब्यूरोले अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ । ‘हाम्रै एरियाबाट युनुस अन्सारीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको हो, उनीसहित अरु दुर्इजना पनि पक्राउ परेका छन् ।’ महानगरीय प्रहरी परिसर सातदोबाटोका एक प्रहरी अधिकृतले भने ।

पूर्व मन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चाल थिए । अघिल्लो पटक ठमेलबाट नक्कली भारुसहित पक्राउ परेका अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहार गरे घाइते बनाएका थिए ।

अन्सारीकी बहिनी उषाकिरण अन्सारी एकीकृत माओवादीतर्फबाट समानुपातिक सभासद छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment