+
+

चल्ला त श्वेताको मस्त जवानी ?

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १७ गते ११:१६

producer-nepali-movieशुक्रबार सिनेमा प्रदर्शनमा आउने प्रथालाई निरन्तरता दिँदै आजबाट चलचित्र प्रोड्रयूसर नेपालभरका हलमा प्रदर्शनमा आएको छ । राजकुमार राई र ज्योतिकुमार राईको निर्माणमा तयार भएको यो सिनेमालाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् ।

नेपाली सिनेमा भित्रकै कथा उठान गरेको यो चलचित्र चल्ने विश्वास गरिएको छ । चलचित्रमा श्याम अर्याल, विल्सन विक्रम राई, श्याम राई, बाबु बोगटी, श्वेता भट्टराई, पायल रायमाझीलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा समावेश मेरो मस्त जवानी बोलको गीत अहिले चर्चामा छ । यो गीतमा श्वेता भट्टराईले अन्य कलाकारसँग मिलेर हट आइटम नृत्य गरेकी छिन् । तीन सातादेखि नयाँ नेपाली सिनेमा प्रदर्शनमा नआएको मौका यसले छोप्ने देखिएको छ । यस्तै गत साता प्रदर्शनमा आएको सलमान खानको ‘जय हो’ ले पनि गतिलो व्यापार नगरेकोले प्रोड्यूसरलाई फाइदा पुग्ने देखिएको छ । अर्कोतिर खासै प्रचार नगरिएको सती नामक सिनेमाले उच्च प्रचारको यो सिनेमालाई कुनै असर नगर्ने देखिन्छ । यसैले पनि आजबाट प्रदर्शनमा आएको यो सिनेमाले गतिलो व्यापार गर्ने आँकलन लगाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?