+
+

इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते २१:२३

६ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।

अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ । राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।

हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।

धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर सकुशल पुगेका छन् । इरानका एक मन्त्रीको हवाला दिंदै बीबीसीले दुर्घटनाग्रस्त ठाउँ पत्ता लगाउन समय लाग्ने र धेरै उद्धार टोलीहरू परिचालित भएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?