७ असार काठमाडौं । सानिमा बैंक लिमिटेड ललितपुरको एकान्तकुनामा २८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका ‘ब्य्रान्ड प्रवर्दक’ हाँस्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यज्यूले संयुक्त रुपमा गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकले गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । एकान्तकुना शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन । बैंकले निकट भविष्यमा नै थप शाखाहरु खाेल्ने सीइओ दाहालले जानकारी दिए ।
गत असार मसान्तमा बैंकको पुँजीकोष १४.८७ प्रतिशत छ भने खुद तरलता ३०.९६ प्रतिशत छ । त्यसैगरी रियलस्टेटमा कूल कर्जाको ५.९९ प्रतिशत कर्जा लगानी गरेको बैंकको खराब कर्जा सबैभन्दा कम अर्थात ०.०३ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4