+
+

सकेसम्म अधिकतम सहमतिको संविधान : मन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ११ गते ११:२५

११ असार, पाल्पा । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सकेसम्म अधिकतम् सहमतिको संविधान जारी गरिने बताएका छन् ।prakashman

पाल्पाको तानसेनमा बुधवार संग्रहालयको उद्घाटन गर्दै उनले भने,’सकेसम्म अधिकतम् सहमतिमा संविधान जारी गर्ने प्रयास हुन्छ । त्यसका लागि सरकारले समन्वयकारी भूमिका निर्बाह गर्छ । यदि सहमति हुन सकेन भने प्रक्रियागत रुपबाट संविधान जारी गर्छौर् ।’ उनले विधि र प्रक्रियालाई कसैले पनि अस्विकार गर्न नहुने बताए ।

मन्त्री सिंहले संविधान निर्माणको कार्यतालिका अनुसार नै संविधानसभाले काम गरिरहेको र माघ ८ भित्रै नयाँ संविधान जारी हुनेसमेत बताए । उनले जनताको अपेक्षा विकाससँग जोडएकाले सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेको वताए ।

उनले राजनीतिक संक्रमणकालको अन्त्य गर्न नसके मुलुक संकटमा फस्ने वताए । उनले राजनीतिक संकट अन्त्य गरी मुलुकलाई समृद्धिको बोटमा लैजान सवै दल मिलेर अघि बढ्नु पर्ने वताए ।

मन्त्री सिंहले आफ्नो पार्टी कांग्रेस मुलुकमा जारी राजनीतिक संकटको अन्त्य गरी समृद्धिको बाटोमा लैजान सवै दललाई सहमतिमा ल्याएर सहकार्य गरेर अघि वढ्न तयार रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?