+
+

बलात्कार गर्न खोज्दा लिंग काटियो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ११ गते १९:१४

११ असार, काठमाडौं । भवानीपुर-६ मा एकल महिला महिलालाई बलात्कार गर्न खोज्ने युवकको लिंग काटिदिएकी छन् ।

मंगलबार राति आएर जबरजस्ती गर्न खोजेपछि महिलाले नङ काट्न राखेको ब्लेडले २३ वर्षका विल्टु मुखियाको लिंग काटिदिएकी हुन् । मुखिया थरकी चार सन्तानकी आमा मदिरा र नास्ता बेच्ने गर्थिन् । ‘विल्टु मुखिया भन्नेले बलात्कार गर्न खोजेपछि मैले लिंग काटिदिएँ’ पीडित महिलाको भनाइ उदृत गर्दै सिरहाका डीएसपी ज्ञोनन्द्र फुँयालले अनलाइनखबरसँग भने ।

पीडितले प्रहरीलाई दिएको बयान अनुसार स्थानीय एक बालकलाई लिएर विल्टु राति १०/१० बजेतिर दुलारीदेवीको घरमा पुगेका थिए । सुरुमा उनले रक्सी मागे तर, दिन अस्वीकार गरेपछि विल्टुले बलात्कार गर्न खोजेे । ‘मैले आफ्नो इजत जोगाउन यसो गरेको हुँ’ उनले भनेकी छन् ।

मुखियाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

मुलुकी ऐनको ज्यानसम्वन्धी महलमा बलात्कारीलाई तत्काल हत्या गरिर पीडित महिलालाई सजाय नहुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?