+
+

तेह्र अंकले बढ्यो नेप्से, फाइनान्स बाहेक सबै उपसूचक बढे

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १२ गते १५:३७

१२ असार काठमाडौं । साताको अन्तिम दिन बिहीबार १२.७४ अंकले बढेर नेप्से परिसूचक ९३६.३१ अंकमा पुगेको छ । यो दिन १ सय ३७ कम्पनीका २३ लाख ७६ हजार कित्ता सेयर ५२ करोड २७ लाख ४८ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

 समूहगत सूचकतर्फ वाणिज्य बैंक समूहको सूचक १.८३ अंकले बढेको छ । योदिन वाणिज्य बैंक समूहको मात्रै १९ करोड ८५ लाख रुपैयाँको कारोबार भयो । नेप्सेमा वाणिज्य बैंक समूहको करिब ७० प्रतिशत हिस्सा छ ।

त्यसैगरी होटल समूहको सूचक १.९४ अंकले, विकास बैंक समूहको १३.५३ अंकले, जलविद्युत समूहको १८.५९ अंकले, बीमा समूहको ८७.९५ अंकले, उत्पादनमूलक समूहको २.५६ अंकले र अन्य समूहको उपसूचक ५.८७ अंकले बढेको छ । यो दिन फाइनान्स कम्पनी समूहको उपसूचक भने १०.७४ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?