+
+

प्रचण्डले पञ्चायती शैलीमा पार्टी चलाए : रायमाझी

१३ असार, दाङ । एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले पञ्चायती शैलीमा पार्टी चलाएको आरोप लगाएका छन् । उनले प्रचण्डले पुरानै शैली र विचार बोकेर पार्टी चलाएकै कारण पार्टी कमजोर बन्दै गरेको आरोप लगाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १३ गते १५:३९

शरद रेग्मी

१३ असार, दाङ । एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले पञ्चायती शैलीमा पार्टी चलाएको आरोप लगाएका छन् । उनले प्रचण्डले पुरानै शैली र विचार बोकेर पार्टी चलाएकै कारण पार्टी कमजोर बन्दै गरेको आरोप लगाएका हुन् ।topbahadur-rayamajhi

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा रायमाझीले नयाँ आबश्यक्ता, नयाँ सोच, बिचार र नयाँ संगठनका लागि पुरानो शैलीमा सुधार गर्नुपर्ने वताए । पुरानै शैलीले अब पार्टी चल्न नसक्ने भन्दै रायमाझीले योग्य व्यक्तिको खोजी भइरहेको वताए ।

नेता रायमाझीले पार्टीको पराजय हालै सम्पन्न ४ वटा क्षेत्रको उपनिर्बाचनबाट समेत बिश्लेषण गर्न सकिने बताए । पार्टी भित्रको आन्तरिक कलह समाधान गर्न नसक्ने नेतृत्वले अन्य पाटीहरुसँग गर्ने भनिएको कार्यगत एकता र मोर्चाको कुनै पनि अर्थ नहुने बताए ।

एक प्रसङमा नेता रायमाझीले तोकिएकै समयमा संबिधान जारी हुने दावी गरे । संबिधान निर्माणको काम तीब्र रुपमा भई रहेको बताउँदै उनले पहिलो संबिधानसभामा सहमति जुटेका बिषयहरुको स्वामित्व ग्रहण गर्ने र केही बिबादीत बिषयहरु मस्यौदा समिति र राजनीतिक संबाद समितिमा पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?