Comments Add Comment

म्याराडोना र मेस्सीलाई फिडेल कास्त्रोको सलाम

क्युवाका पूर्व राष्ट्रपति फिडेल कास्त्रोले अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रशंसा गरेका छन् । उनले टेलिभिजन कार्यक्रममा विश्वकपको विश्लेषण गरेकोमा अर्जेन्टिना महान फुटबलर डिएयो म्याराडोनालाई धन्यवाद समेत दिएका छन् ।

fidel-castroकास्त्रोले लेखेको सन्देश क्युवाको सरकारी सञ्चार माध्यममा प्रशारण गरिएको थियो । सेवानिवृत्त क्रान्तिकारी कास्त्रोलाई बेसबलको फ्यानका रुपमा चिनिन्छ । तर, उनले म्याराडोनाको प्रसंसा गर्दै लेखेका छन्-‘हरेक दिन तपाईको कार्यक्रम हेर्न पाएकोमा खुसी छु । मलाई लाग्छ, मैले विश्वखेलको असाधारण स्तरबाट निरीक्षण गर्न पाएँ ।’

उनले अघि लेखेका छन्-म तपाईलाई सलाम गर्छु र मेस्सीलाई पनि । एक महान खेलाडी, जसले अर्जेन्टिनीलाई सम्मान दिएका छन् ।’

४९ वर्षसम्म क्युवाको शासन गरेका कास्त्रा २००८ मा सेवानिवृत्त भए र उनका भाइ राहुल कास्त्रो अहिले राष्ट्रपति छन् । सेवानिवृत्त भएपछि ८७ वषर्ीय पूर्व राष्ट्रपति कास्त्रोको सार्वजनिक सन्देशलाई दुर्लभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment