Comments Add Comment

चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि भ्रष्टाचारको अभियोग

Wan-Qingliang

१४ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उदीयमान युवा तथा ग्वाङझाओ नगरका नेता वान खिङलिआङमाथि भ्रष्टाचारको अभियोग लागेको छ ।

भ्रष्टाचारको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख नेता वानमाथि पार्टीको अनुशासन आयोगले छानविन सुरु गरेको हो । पार्टी अनुशासन आयोगका अनुसार वानले ‘गम्भीर अनुशासन उल्लंघन’को आशंका गरिएको छ, जसलाई भ्रष्टाचारको रुपमा लिइन्छ । वानलाई शहरका शीर्ष अधिकारीका रुपमा हेरिन्छ, जो मेयरभन्दा माथि हुन्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका उदीयमान नेताका रुपमा हेरिएका वान ग्वाङझाओ नगरका सबैभन्दा कम उमेरमा मेयर भएका थिए र उनले अपनाएको मितव्ययिताको नीतिका लागि सम्मानित गरिएको थियो ।

चिनियाँ राष्ट्रपति शी जिन पिङले २०१२ मा भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेयता हजारौं अधिकारी गिरफ्तार भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment