+
+

नेपाल भारत सम्बन्धले खुल्ला सीमा नाघेको छ : मोदी

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १६ गते १८:३२

१६ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतवीचको मित्रताले दुई देशको खुल्ला सीमासमेत तोडेको अभिव्यक्ति दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

अमेरिकामा क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गर्दै पत्र लेख्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारतको सम्बन्ध अन्योन्याश्रति रहेको बताएका हुन् । मोदीले कोइरालाको पूर्ण स्वस्थ्यलाभको कामना गरेका छन् ।

नेपाल भारत सम्वन्धको चर्चा गर्दै मोदीले दुई देशको सम्बन्ध नितान्त फरक, गहिरो तथा विविधतापूर्ण रहेको बताए । ‘हामी उस्तै पहाड तथा नदीहरुबाट सिञ्चित भएका छौं, मोदीले पत्रमा लेखेका छन्- ‘प्राचीन धार्मिक एवं सांस्कृतिक सम्बन्धले बाँधिएका छौं । यस्तो मानवीय सम्बन्ध तथा क्रियाकलापले दुई देशको खुला सीमालाई छिचोलेको छ ।’

मोदीले नेपालको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक प्रक्रियामा हरतरहको सहयोग गर्न तयार रहेको बताएका छन् नेपाल आर्थिक विकाश पनि भारतको आधारभूत चासोको रुपमा रहेको भन्दै उनले स्थिर, सम्वृद्ध, समावेशी तथा प्रजातान्त्रिक नेपाल निर्माणका लागि नेपाल र नेपालीलाई सबै प्रकारका सहयोग गर्दै प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?