+
+

अमेरिकाले सेनालाई दियो सडक खुलाउने क्राउन व्रिज

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १३:५५

१७ असार, काठमाडौं । अमेरिकाले नेपाली सेनालाई चार वटा क्राउन व्रिज हस्तान्तरण गरेको छ । थानकोटस्थित बृजिङ्ग महाशाखामा भएको कार्यक्रममा अमेरिकी राजदूत पिटर डब्लू बोडेले प्रधानसेनापति गौरवशम्शेर रणालाई क्राउन व्रिज हस्तान्तरण गरे ।

प्राकृतिक विपद्का कारण काठमाडौं आउने प्रमुख राजमार्ग अवरुद्ध भएमा आवागमनलाई सूचारु गर्न सहज हुने यी ब्रिज पृथ्वीराजमार्ग, महेन्द्र राजमार्ग लगायतका विभिन्न स्थानहरुमा तयारी हालतमा राखिनेछन् ।

साथै उक्त बि्रजहरु विपद्को दौरान मुख्य सप्लाइ रुट खुला गर्न, सडक निर्माण कार्य तथा पुरानो बेलीबि्रजको बदलामा प्रयोग गर्न उपयुक्त हुनेछन् ।

३० टन देखि १२० टनसम्म भारवहन क्षमता भएका उक्त बि्रजहरुको लम्बाई ७६.२८ मिटर र चौडाई ५.५ मिटर रहेको छ । स्थायी र अस्थाई रुपमा प्रयोग गर्न सकिनेछ भने पिन र बोल्टको प्रयोग गरी १२ घण्टा भित्र जडान गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?