Comments Add Comment

बेल्जियमका प्रधानमन्त्रीले भने-हे ओबामा, बियर बाजी राखौं

Obama-and-Elio-Di-Rupo

विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा बुधबार बिहान अमेरिका र बेल्जियम भिड्दैछन् । समूह एचको विजेता बेल्जियमलाई अण्डरडग टोलीका रुपमा हेरिएको छ ।

आफ्नो टोलीको खेलप्रति विश्वस्त रहेका बेल्जियमका प्रधानमन्त्री इलियो डी रुपोले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई बेल्जियन बियर बाजी राख्न आहृवान गरेका छन् । उनले ओबामालाई मेन्सन गर्दै ट्वीट गरेका छन्-‘हे बाराक ओबामा, म हाम्रो बेल्जियन टोली विश्वकपको क्वाटरफाइनलमा पुग्छ भनेर बेल्जियन बियर बाजी राख्न चाहन्छु ।’

ओबामाले इलियो डी रुपोको प्रस्तावबारे सार्वजनिक रुपमा कुनै जवाफ दिएका छैनन् । तर, ओबामा फुटबलका फ्यान हुन् । समूह चरणको अन्तिम खेलमा अमेरिका जर्मनीसँग १-० ले पराजित भएको खेलले उनले टीभीमा हेरेको तस्वीर सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment