+
+

महेश बस्नेतसँग माधव नेपाल पक्ष डरायो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १८ गते १०:२३

१८ असार, काठमाडौं । नेकपा एमालेको महाधिवशेनस्थलमा केही कार्यकर्ताहरुले केपी ओलीलाई सर्वसम्मत बनाऔं भन्दै अनशन बस्ने तयारी थालेका छन् । अनशनकारीलाई एमालेको भातृ संगठन युवा संघले समर्थन गर्ने भएको छ । mahesh-basnetउता माधव नेपाल पक्षले भने बस्नेतले महाधिवेशन कब्जा गर्ने गोप्य रणनीति बनाएको आरोप लगाएको छ ।

नयाँ बानेश्वरको अल्फाबिटामा मंगलबार सम्पन्न युवासंघको छलफलमा अध्यक्ष महेश बस्नेतले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन संघले भूमिका खेल्ने बताएका हुन् । महाधिवेशन सफल पार्नका लागि युवा संघले स्वयंसेवकको भूमिका खेल्ने, उनीहरुलाई खानपिनको व्यवस्थापन गर्ने र माधव नेपाललाई उम्मेद्वारी फिर्ता लिएर केपीलाई सघाउन ‘प्रेसर’ गर्नुपर्ने बताएका हुन् ।

केपीको पक्षमा युवा संघले अनशनको आयोजना गर्न लागेको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा संघका नेता रमेश पौडेलले अनलाइनखबरसँग भने- ‘एमालेमा नेतृत्व चयन सर्वसम्मत रुपमा गरौं भन्ने आवाज उठिरहेको छ, यस्तो बेलामा सर्वसम्मत हुनुपर्‍यो भन्ने माग राख्नु स्वाभाविकै हो । तर, अनशन बस्ने युवासंघले त्यस्तो कुनै आधिकारिक निर्णय गरेको छैन ।’

माधव नेपाल पक्ष त्रसित

यसैवीच अल्फबेटामा भएको युवा संघको भेलाबाट माधव नेपाल पक्ष भने त्रशित बनेको छ । युवा संघका अध्यक्ष बस्नेतले महाधिवशेनमा ३ सय स्वयंसेवक परिचालन गरेर महाधिवशेन कब्जा गर्ने र चुनावमा धाँधली गर्ने रणनीति बनाएको भन्दै माधव नेपाल पक्ष आत्तिएको हो । नेपाल पक्षका कार्यकर्ताले अल्फाबेटाको कार्यक्रमबारे ‘महाधिवशेन कब्जा गर्ने ओलीको गोप्य रणनीति’ शीर्षकको सर्कुलर बनाएर प्रचार गरेका छन् ।

तर, केपी ओली पक्षमा युवा संघका नेता भने अन्तिम घडीमा माधव नेपालले उम्मेदवारी फिर्ता लिएर ओलीलाई समर्थन गरीछाड्ने विश्वासमा छन् । ‘बाहिर जेसुकै भने पनि देशभरिको रिपोर्ट हेरेपछि सेटै हारिन्छ भन्ने माधवजीलाई लागिसकेको छ, आफ्नो टीमलाई मिलाएपछि उहाँले अन्ततः ओलीलाई समर्थन जनाउनेमा म विश्वस्त छु ।’ पौडेलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?