+
+

गोविन्दको अर्को आरोप-‘दयाहाङमा व्यवसायिकता रहेनछ'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १८ गते १४:१३

nagbeli

यसअघि निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले हेपेपछि निर्देशक बनेको बताएका नृत्य निर्देशक गोविन्द राइले फेरि एक कलाकारप्रति असन्तुष्टी देखाएका छन् । चलचित्र ‘नागबेली’का निर्देशक समेत रहेका राइले यसका कलाकार दयाहाङ राइमा व्यवसायिकता नरहेको आरोप लगाए ।

सिनेमा प्रचारका लागि समय माग्दा पनि कहिले फोन नउठाउने त कहिले कता छु भन्दै टारेको आरोप गोविन्दले लगाएका छन् । यस्तै उनले केही कलाकारले साथ नदिएपनि दर्शकले भने माया गर्नेमा विश्वास व्यक्त गरे ।

चलचित्र ‘नागबेली’लाई रोमियन लिुम्बले निर्माण गरेकी हुन् । गोविन्दको लागि उनले ६० लाख लगानी गरेको बताइन् । चलचित्रमा यशराज, विक्की मल्ल, हषिर्का श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । यो चलचित्र असार २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?