+
+

ओबामाले गोलरक्षक होवार्डलाई भने- दाह्री काटेर फर्क

बेल्जियमसँग व्यहोरेको हारपछि अमेरिका विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । तर, उसका गोलरक्षक टिम होवार्डको प्रदर्शन भने अझै चर्चामा छन् । ब्राजिल विश्वकपमा मेक्सिकोका गोलरक्षक स्टारका रुपमा उदाए भने होवार्डको पनि खुव प्रशंसा भएको छ ।

बेल्जियमविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत फोन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते ९:४०

Tim-Howard

बेल्जियमसँग व्यहोरेको हारपछि अमेरिका विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । तर, उसका गोलरक्षक टिम होवार्डको प्रदर्शन भने अझै चर्चामा छन् । ब्राजिल विश्वकपमा मेक्सिकोका गोलरक्षक स्टारका रुपमा उदाए भने होवार्डको पनि खुव प्रशंसा भएको छ ।

बेल्जियमविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत फोन गरेका छन् । कार्यालयमा बसेर अमेरिका र बेल्जियमबीचको खेल हेरेका उनले होवार्डसँगै कस्तान क्लिन डेम्पसीलाई व्यक्तिगत रुपमै फोन गरेको डेलिमेलले जनाएको छ ।

ओबामाले डेम्पसी र होवार्डलाई उत्कृष्ट भन्दै आफूलाई गर्व लागेको बताएका छन् । उनले भनेका छन्-तिमीहरुले सबैको मन जितेका छौ र सबैले कल्पना गरेको भन्दा बढी । पहिलो पटक पूरै देशको ध्यान तानेको छ ।’ डेम्पसी र होवर्डको खुव तारिफ गर्दै ओबामाले अमेरिकी जनताका लागि फुटबल टोली रोल मोडल नै बनेको बताएका छन् ।

गोलरक्षक होवार्डसँग ठट्टा गर्दै ओबामाले अमेरिका फर्कदा समर्थककाबाट बच्न दाह्री काटेर आफ्नो हुलिया फेर्न सुझाव दिएका छन् । समर्थकले घेरेर होवार्डलाई दुःख दिन सक्ने ओबामाको भनाइ छ होवार्टले कपाल खौरिएर दाह्री पालेका छन् ।

होवार्डको दर्शनीय प्रदर्शनकै कारण अमेरिका र बेल्जियमबीचको खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३५ वर्षीय होवार्डले बेल्जियमका एकसे एक सशक्त प्रहारलाई विफल बनाएका थिए । उनले १६ प्रहार रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?