+
+

अन्तरबैंक कारोबार साढे १४ अर्ब, फागुनमा उच्च

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १०:१७

Bank-cartoon

१९ असार काठमाडौं । वाणिज्य बैंकहरुबीच हुने अन्तर बैंक सापटी कारोबार खासै बढ्न सकेनको छैन । बैंकहरुसँगै तरलता (लागनी योग्य रकम) बढी भएपछि अन्तरबैंक कारोबार बढ्न नसकेको हो ।

 राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा ३० वाणिज्य बैंकहरुबीच १४ अर्ब ८ करोड ७३ लाख रुपैयाँ अन्तरबैंक करोबार भएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको जति अन्तर बैंक कारोबार नतहुने बैंकरहरुको विश्लेषण छ ।

 गत वर्षको असार मसान्तमा बैंकहरुबीचको अन्तरबैंक कारोबार १८ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ भएको थियो । आव २०६८/०६९मा यस्तो कारोबार ७२ अर्ब ५७ लाख ६८ करोड रुपैयाँ थियो ।

 यो वर्षको बैशाख महिनामा सबैभन्दा बढी अन्तरबैंक कारोबार भएको छ भने भदौ महिनामा सबैभन्दा कम कारोबार भएको छ । फागुनमा २ अर्ब ४७ करोड ३ लाख रुपैयाँको कारोबार भयो भने भदौमा ८६ करोड ६८ लाख रुपैयाँको कारोबार भयो ।

 अन्य महिनाको तुलनामा फागुन महिनामा कर्जाको वृद्धिदर केही बढेको छ भने भदौमा कर्जाको वृद्धिदर पनि कम छ । फागुन पछि सबैभन्दा बढी अन्तरबंक कारोबार बैशाखमा छ । बैशाख महिनामा १ अर्ब ७२ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

महिना

कारोबार रकम रू.लाखमा

साउन

    ११८८५.१

भदाै

    ८६६८.३

असोज

   १२६५३.८

कात्तिक

    १०७४३.१

मंसिर

    ९६८४.९

पुस

     १०६४२.८

माघ

     १८५२५.७

फागुन

     २४७०३.४

चैत

   १६१६३.८

बैशाख

१७२०३.१

कूल

१४०८७३.९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?