+
+

अमेरिकाबाट प्रधानमन्त्री कोइरालाले भने- मेरो चिन्ता गर्नुपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १९:३०

१९ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर देखिएपछि सुरु भएको रेडिएसन थेरापी विहीबार दोस्रो दिन पनि जारी रहेको छ । प्रधानमन्त्रीले आफ्नो बारेमा चिन्ता नगर्न भन्दै चाँडै स्वदेश र्फकने जनाएका छन् । उनको थेरापी आइतबार सकिँदैछ ।Pm-koirala-after-therapy

अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा उपचार गराइरहेका कोइरालाको थेरापी सहजरुपमा भइरहेको र चिकित्सकाको चेतावनीपछि भेटघाट तथा भीडभाड बन्द गरिएको प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइरालाले जानकारी दिएकी छन् ।

‘सुशील दा एकदम फ्रेस र आत्मविश्वासमा हुनुहुन्छ, उहाँ आफ्नो स्वास्थ्यको भन्दा देशको चिन्ता गर्नुहुन्छ’ अमेरिकाबाटै मृदुलाले भनिन् ‘म जिन्दगीभर मृत्युसँग लडेको मान्छे हुँ, मलाई मेरो स्वास्थ्यभन्दा देशको चिन्ता छ भन्नुहुन्छ हामीसँग’ ।

क्रोनिक ब्रोङकाइटिसका कारण फोक्सोको ठूलो सर्जरी गर्न नसकिने भएकाले चिकित्सकहरुले रेडियोथेरापीको विधि सुझाएका हुन् । रेडियोथेरापीका सबै टेस्ट पूरा भइसकेपछि बुधवारदेखि थेरापी शुरु भएको र यो अझै ४ दिन जारी रहने कोइरालाले बताइन् । कोइरालाले आफ्ना समर्थक शुभेच्छुक र आम जनतालाई आफ्नो बारेमा चिन्ता नगर्न आग्रह गर्दै आफू स्वस्थ भएर फर्किने बताएका छन् ।

कोइरालाको थेरापीमा डाक्टर आन्देस रिमरको टोली संलग्न छ । रेडियोथेरापी आगामी आइतबार सकिने छ । त्यसपछि केही दिन आराम गरेर कोइराला नेपाल फर्किने मृदुलाले जानकारी दिइन् ।

कोइराला उपचारका लागि न्युयोर्कमा रहेका बेला नेपालीहरुका दर्जनौं संस्था र व्यक्तिले भेटघाट गर्ने र ज्ञापनपत्र बुझाउने क्रम बढेपछि चिकित्सकले असन्तुष्टि पोखेका थिए । अहिले कोइरालाको भेटघाट बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस

कोइरालालाई नेपालमा भन्दा अमेरिकामा धपेडी

कोइराला परिवारको चार पुस्ते क्यान्सर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?