Comments Add Comment

वामदेव र ईश्वर पोखरेलविरुद्ध कार्यकर्ताको नारावाजी

umlconvention-3

१९ जेठ, काठमाडौं । महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नपाएका हजारौं एमाले कार्यकर्ताहरुको भीड थाम्न नसकेपछि प्रहरीले हस्तक्षेप गर्दा केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले भृकुटीमण्डप प्रवेशको मूल गेटनै बन्द गरेपछि हातमा रड बोकेका कार्यकर्ताले महाधिवेशनको मूल ब्यानरमा हानेका छन् ।

महाधिवेशन उद्घाटन समारोहलाई बन्दसत्र जसरी प्रतिनिधिहरुबीच मात्र आयोजना गरेर हजारौं कार्यकर्ता तथा समर्थकलाई प्रवेश निषेध गरेको भन्दै आक्रोशित कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रहरी हस्तक्षेप भएपछि गृहमन्त्री समेत रहेका उपाध्यक्ष वामदेव गौतमविरुद्ध नारावाजी गरेका छन् भने कतिपयले महाधिवेशन मूूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेल र बिष्णु पौडेल विरुद्ध पनि नाराबाजी गरेका छन् ।

उद्घाट समारोहमा भाग लिन विभिन्न जिल्ला र उपत्यकाका गाउँ गाउँबाट आएका कार्यकर्ताहरु भित्र जान नपाएपछि प्रदर्शनी मार्गमा जम्मा भएर नारावाजी गरेका छन् । हातमा रड र लाठी तथा झण्डा लिएर जम्मा भएका कार्यकर्ताको भीड पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्म भरिभराऊ भएको प्रदर्शनीमार्गमा रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेलले जनाएका छन् । प्रहरीले मेन गेट नै बन्द गरेपछि फोटो पत्रकारहरु समेत प्रदर्शनकारीको भीडमा परेका छन् ।

नेतृत्वले पार्टीको महाधिवेशनलाई कोठाभित्र आयोजना गरेकोमा कार्यकर्ताको आक्रोश थामि नसक्नु देखिएको छ । राष्ट्रिय सभागृहभित्र बसेर प्रोजेक्टरमा हेर्न सकिने भने पनि अधिकांश कार्यकर्ता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । बाहिरको परिस्थितिबारे भित्र रहेका नेताहरु भने बेखबर जस्तै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment