+
+

विश्वकप क्रेज : खेलाडीसँगै मोडलले स्टेज तताउने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १५:०४

footballar-and-model

बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रालीले ब्राजिलमा जारी विश्वकप फुटबलको फाइनलको दिन होटल अन्नपूर्णमा ‘ग्ल्यामरस एण्ड स्पोटर्स’ नामक कार्यक्रम गर्ने भएको छ । आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा यस बिषयमा जानकारी दिइएको हो ।

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरज तण्डुकारका अनुसार नेपालका चर्चित फुटबल खेलाडीहरु हरी खड्का, विराज महर्जन, किरण चेम्जोङ, विशाल श्रेष्ठ, निराजन मल्ल र दिपक भुसालको कार्यक्रममा सहभागिता रहनेछ । ‘इभेन्टमा १० जना महिला मोडलको समेत सहभागिता रहनेछ, जसले खेलाडीसँग ६ वटा सिक्वेन्समा र्‍याम्पमा हिड्नेछन् ।’ धिरजले भने,-‘खेलकुद र मनोरञ्जनमा रमाउन चाहने आम युवापुस्तालाई ध्यानमा राख्दै हामीले कार्यक्रम गर्न लागेका हौं ।’

आयोजकका अनुसार खेलाडी तथा मोडललाई सञ्जित श्रेष्ठले कोरियोग्राफी गर्नेछन् भने कारिया बुटिक र नेपाल फेसन हाउसको डिजाइनमा तयार पारिएका पहिरन मोडल तथा खेलाडीले लगाउनेछन् । कार्यक्रमलाई थप रोमाञ्चित बनाउन डिजे शिरिको विशेष प्रस्तुति हुनेछ । कार्यक्रमको अन्त्यमा विशाल प्रोजेक्टरमा विश्वकपको फाइनल हेरिने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?