+
+

दृष्टिवीहिनले आँखा देख्ने, मुसामा उमारियो मान्छेको आँखा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १९:०४

वैज्ञानिकहरुले मानिसको आँखाको मुख्य भाग कृत्रिम रुपमा मुसामा उत्पादन गर्न सफल भएका छन् । मुसामा स्टेम सेल प्रत्यारोपण गरि वैज्ञानिकहरुले आँखाको मुख्य भाग मानिने कर्निया उत्पादन गर्न सफल भएका हुन् ।

नेचर जर्नलमा छापिएको खबर अनुसार यो सफलताले भविष्यमा आगो तथा रसायनका कारण दृष्टि गुमाएका मानिसहरुको आँखाको ज्योति फर्काउन सकिनेमा आशा जगाएको छ ।

eye

जुनसुकै कोषमा परिणत हुनसक्ने क्षमता हुने स्टेम कोषहरुमध्ये लिम्बल स्टेम कोषहरु स्वस्थ नेत्रज्योतिका लागि महत्वपूर्ण हुने र त्यसले हरेक हप्ता कोर्नियालाई पूर्ण रुपमा नविकरण तथा मर्मत गरेर आँखाको ज्योतिलाई ठीक राख्छन् । तर रोग तथा अन्य दुर्घटनाजन्य कारणले यी स्टेम कोषहरु क्षयिकरण हुन पुग्दा धेरै मानिसले दृष्टि गुमाउन पुगेका छन् । तर यी कोषहरु आँखाको लिम्बल भागको विभिन्न संरचनाभित्र दबिएर रहने हुनाले त्यसलाई पत्ता लगाउन गाह्रो हुन्छ ।

अमेरिकाको म्यासाच्युसेट्समा रहेको आँखा तथा कान अस्पताल, बोस्टोनको बाल अस्पताल लगायतका वैज्ञानिकहरुले संयुक्त रुपमा गरेको अनुसन्धानबाट यस्ता स्टेम कोषको सतहमा हुने विशेष प्रकारको अणु पत्ता लागेको छ जसलाई एबीसीबी फाइभ नाम दिइएको छ । यो अणुयुक्त स्टेम कोषलाई मुसाको सरीरमा प्रत्यारोपण गर्दा ती कोषिकाहरु मानिसको आँखाको कोर्नियामा विकशित भए । यो प्रयोगले लिम्बल स्टेम कोषिकाको क्षयिकरणका कारण आँखाको दृष्टि गुमाएको ज्योति फर्काउने सम्भावनाको ढोका उघारेको वैज्ञानिकहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?