+
+

एमाले महाधिवेशनमा अन्तर्राष्ट्रिय गीतपछिमात्रै राष्ट्रिय गान !

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते ६:३४

२० असार, काठमाडौँ । राष्ट्रियताका विषयमा ठूलाठूला आन्दोलन र खरा अभिव्यक्ति दिँदै आएको एमालेले नवौँ महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय गानलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट गीतपछि बजाएको छ । नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीहरु स्थपाना भएदेखि नै कम्युनिष्ट पार्टीहरुले अन्तर्राष्ट्रिय गीत गाउन थालेका हुन् ।

महाधिवेशनमा अन्तर्राष्ट्रिय गीतपछि मात्र राष्ट्रिय गान बजाइएपछि कतिपय प्रतिनिधिले आश्चर्य प्रकट गरेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘कि त राष्ट्रिय गान बजाउनै हुँदैन्थ्यो कि त अन्तराष्ट्रिय गीतपछि बजाउनु हुँदैन । यसो गर्दा राष्ट्रिय गानकै अपमान भयो कि भन्ने मलाई लाग्यो , एमालेका ए प्रतिनिधिले भने ।

‘अन्तर्राष्ट्रियबादी भएकाले महाधिवेशन र सम्मेलनका विश्वका सवै कम्युनिष्टहरु अन्तर्राष्ट्रिय गीत गाउँछन्, महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले भने,’एमालेले राजनीतिक क्रान्ति सम्पन्न भयो भन्ने निष्कर्षमा पुगेपसिछ राष्ट्रिय गान पनि गाउन थालेको हो ।’ पहिले अन्तर्राष्ट्रिय गीत कि राष्ट्रिय गान भन्ने जिज्ञासामा रिमालले भने,’दायाँ हात माथि राखेर घुम्ने कि बायाँ हात माथि राखेर घुम्ने भन्ने प्रश्न ठूलो होइन । ‘

सन् १८७१ मा फ्रान्सका एक मजदुरले ‘उठ जाग विश्वका भोका नांगा हो’ भनी लेखेको गीतलाई आआफ्ना भाषामा रुपान्तरण गरी अन्तर्राष्ट्रिय कम्युनिष्टहरुले साझा गीत बनाएर गाउन थालेको पाका कम्युनिष्ट नेता चित्रवहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?