+
+

फ्रेड

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते ९:५७

fred

ब्राजिलले घरेलु मैदानमा विश्वकपको उपाधि जित्ने लक्ष्य राख्दा टोलीका हरेक सदस्यमाथि त्यतिकै जिम्मेवारी हुन्छ । जन फवार्डमाथि त जितका लागि गोल गर्ने मुख्य दायित्व ।

तर, घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिलका फवार्ड फ्रेड अपेक्षाकृत रुपमा चल्न सकेका छैनन् । अहिलेसम्म उनले एक गोल मात्र गरेका छन् र सम्पूर्ण भार नेयमारमाथि परेको छ । यसैले पेलेले भनेका छन्, ब्राजिलको अट्याक अहिलेसम्मकै कमजोर देखिएको छ ।

शनिबार विहान कोलम्बियाविरुद्ध उत्रँदा फ्रेडलाई आफूलाई स्थापित गर्ने मौका हुनसक्छ । ३० वर्षका फ्रेडले ब्राजिलका लागि ३७ खेलमा १८ गोल गरेका छन् । सन् २००५ मा डेब्यू गरेका २००६ मा भएको विश्वकपा रोनाल्डो, एड्रिनो र रोविन्हो जस्ता स्टार फवार्डहरुलाई बैकल्पिक खेलाडीका रुपमा रिप्लेस गर्ने अबसर पाएका थिए । तर, २०१० मा भने उनले स्थान बनाएनन् ।

स्कोलारीले टोली सम्होलेपछि उनी फेरि टोलीमा परे र कन्फिडेरेशन कपमा उनले आफूलाई स्थापित समेत गरे । उनले ५ गोल गर्दै सिल्भर बुट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?