Comments Add Comment

भट्टराई पक्षले आठबुँदे उल्लंघन गरेको एमाओवादी निष्कर्ष

२० असार, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले पार्टी नेता डा. बाबुराम भट्टराई पक्षले आठबुँदे सहमति उल्लंघन गरेको ठहर गरेको छ ।

भट्टराई पक्षको अनुपस्थितिमा बसेको स्थायी समितिको बैठकमा विभिन्न जिल्लामा देखिएको विवादबारे छलफल भएको थियो । ‘सबैको सहमतिमा तयार भएको ८ बुँदे पनि पालना भएको देखिएन । समानान्तर कमिटीहरु बनेका छन् । नेतृत्वविरुद्ध बोल्ने काम भएको छ’ एक नेताले भने-‘यसलाई गम्भीर रुपमा लिएर बाबुराम भट्टराईसँग अध्यक्षले कुरा गर्नुहुन्छ ।’

मकवानपुर र सिन्धुलीमा भट्टराई पक्षले समानान्तर समिति बनाएका छन् । यस्तै सचिव टोपबहादुर रायमाझीले दाङमा प्रचण्ड तानशाही रुपमा चलेको आरोप लगाएका थिए ।

नेताहरुका अनुसार शनिबार विहानै प्रचण्ड र भट्टराईबीच भेटवार्ता हुनेछ । भेटमा बाबुराम भट्टराई पक्षलाई अर्को बैठकमा उपस्थित गराउन समेत प्रयास हुनेछ ।

बैद्य माओवादीको  बैठक जारी 

यसैबीच मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । तीन दिनदेखि जारी बैठकमा अध्यक्ष बैद्यको राजनीतिक प्रस्ताव र सचिव नेत्रविक्रम चन्दको फरक मतमाथि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

माओवादी सचिव देव गुरुङले भने कार्यालयको तर्फबाट अध्यक्षको प्रस्ताव प्रस्तुत भएको र चित्त नबुझ्ने नेताले टिप्पणी प्रस्तुत गरेको बताए । बैठक अझै दुई/तीन दिन लम्बिने गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment