Comments Add Comment

प्रदेश २ मा अक्सिजन उत्पादन र वितरणको अनुगमन गर्न समिति गठन

४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले उद्योगले उत्पादन गर्ने अक्सिजन र वितरण प्रणालीबारे अनुगमन गर्ने भएको छ । यसका लागि समिति नै गठन गरिएको छ ।

प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार जनकपुरधाममा बसेको बैठकले अक्सिजनको अनुगमनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति बनाएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरु सदस्य छन् ।

प्रदेशभित्रका अक्सिजन उद्योगबाट अन्यत्र पठाउँदा प्रदेशमा अक्सिजनको अभाव देखिएकाले त्यसको समाधान गर्न समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले प्रदेशभित्रका उद्योगले दैनिक उत्पादन गर्दै आएको अक्सिजन र भइरहेको वितरणबारे जानकारी लिंदै यसको अनुगमन गर्नेछ ।

अनगमन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमितहरुको उपचार भइरहेको प्रदेशभित्रका सरकारी तथा निजी अस्पतालहरुको अनुगमन गर्ने निर्णय पनि गरेको छ । यसका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको अध्यक्षतामा विज्ञ समूह गठन गरिएको छ ।

यो समितिले प्रदेशभित्रका अस्पतालहरुको अनुगमन गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment