
४ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४, कञ्चनपुर र डोटीका १/१ जना संक्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका–१ का ८० वर्षीय पुरुष, वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वडा नम्बर १७ की ३५ वर्षीया महिला र कैलालीको जोशीपुर गाउँपालिका–५ की २९ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ३२ वर्षीय पुरुष र डोटीको दिपायल सिलगढी नगरपालिका–६का ६१ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थप ६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4