+
+
Shares

बाँदर भनेर हानेको गोली लागेर एक जनाको मृत्यु

भलबहादुरले बाँदर ठानेर बन्दुक चलाउँदा सँगै गएका तामाङलाई गोली लागेको पाइएको प्रहरीले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले बाँदर ठानेर बन्दुक चलाउँदा आफ्नै काकाका छोरा श्यामबहादुरलाई गोली लागेको प्रहरीले जनाएको छ।
  • प्रहरीले भलबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि ६ जनाको टोली घटनास्थल पठाएको छ।

३० भदौ, खोटाङ। खोटाङमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोलीले लागेर एकको मृत्यु भएको छ ।

बाँदर धपाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले चलाएको बन्दुकको गोलीले लागेर सोही ठाउँका ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।

बन्दुकको गोलीले लागेका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

भरुवा बन्दुकको गोलीले श्यामबहादुरको टाउकोमा लागेको थियो। भलबहादुरले बाँदर ठानेर बन्दुक चलाउँदा सँगै गएका तामाङलाई गोली लागेको पाइएको प्रहरीले जनाएको छ।

मृतक श्यामबहादुर भलबहादुरका आफ्नै काकाका छोरा हुन्। भलबहादुरलाई अस्थायी प्रहरी पोष्ट खार्मीबाट खटिएका प्रहरीको टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक निराजन बस्नेतको कमाण्डमा सोको सहितको ६ जनाको टोली घटनास्थल पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?