News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको बाहुनडाँगीमा जंगली हात्ती नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले माग गरेका छन् ।
- उनले सरकारको ‘हात्तीमैत्री तथा जैविक कोरिडोर’ को अवधारणालाई अव्यावहारिक भन्दै तत्काल रोक्न माग गरे।
- हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि मेची नदीको ५ किलोमिटर क्षेत्रमा बलियो तटबन्ध निर्माण गर्नुपर्ने उनको भनाइ छ।
७ असार, विराटनगर । झापाको बाहुनडाँगी क्षेत्रमा बढेको हात्ती आतंक नियन्त्रणका लागि रबरको गोली प्रयोग गर्ने विषय प्रदेशसभामा उठेको छ । आइतबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले रबरको गोली प्रयोग गरेर हात्तीलाई रोक्न माग गरेका हुन् ।
‘छिमेकी देशमा पनि हात्तीलाई रोक्न रबरको गोली प्रयोग हुन्छ, हात्तीलाई उसकै गन्तब्य तर्फ फर्काउन रबरको गोली प्रयोग गर्नुपर्छ,’ उनले भने,‘ कम्तीमा रबर बुलेट प्रयोग गरेर उसको गन्तव्यतर्फ पठाउन सकियो भने बाली नाली र जनधनको क्षति जोगाउन सकिन्छ ।’
गत जेठ ३१ गते बाहुनडाँगीमा हात्तीको आक्रमणबाट पदमा पौडेलको मृत्यु भएको थियो । सो घटनाको स्मरण गर्दै उनले स्थानीय बासिन्दा दशकौंदेखि त्रासको भुमरीमा बाँचिरहेको उल्लेख गरे ।
प्रमुख सचेतक तामाङले सरकारले अघि सारेको ‘हात्तीमैत्री तथा जैविक कोरिडोर’ को अवधारणा रोक्न माग गरे । पूर्वको मेचीकनिारदेखि कोशीटप्पुसम्मको मानव बस्ती र खेतीयोग्य जमिनलाई समेटेर बनाउन लागिएको कोरिडोरको काम रोक्न माग गरे ।
‘मेचीकिनारदेखि कोशीसम्मको करिडोरको अवधारण अव्यवहारिक र जैविक मानवताविरुद्ध छ,’ उनले भने,‘ राजमार्ग उत्तर तर्फका नागरिकलाई बासिन्दालाई भविष्यमा जंगली जनवारको आतंकबाट उडाज बनाउने करिडोर तत्काल बन्द गरियो ।’
हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि मेची नदीको तटबन्ध बनाउनु उनले माग गरे । मेची किनारमा ५ किलोमिटर क्षेत्रमा तत्काल बलियो संयन्त्र निर्माण गरे हात्तीको आतङ्क कम हुने उनको भनाई छ ।
प्रतिक्रिया 4