+
+

मेस्सीले अर्जेन्टिनालाई ‘मरुभूमिमा पानी’ दिए : साबेला

गोन्जालो हिगुइनको गोलको मदतमा बेल्जियमविरुद्ध १-० को जित निकालेपछि साबेलाले भनेका छन्-‘मेस्सी जस्ता खेलाडीहरुले बल नगुमाउनु मरुभूमिमा पानी जस्तै हो ।’ उनले अघि भने-आज जब मैदान सुख्खा थियो । तर, जब मेस्सीले बल पाउँथे, हामीलाई स्वच्छ हावा दिन्थे।’

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते १०:२५

Messi

अर्जेन्टिनाका प्रशिक्षक साबेलाले सेमिफाइनलका लागि टोली संघर्ष गरिरहेका बेला कप्तान लिओनल मेस्सीले ‘मरुभूमिमा पानी’ दिएको टिप्पणी गरेका छन् । सन् १९९० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्दा अर्जेन्टिनाको कप्तानी मेस्सीले सम्हालिरहेका छन् ।

गोन्जालो हिगुइनको गोलको मदतमा बेल्जियमविरुद्ध १-० को जित निकालेपछि साबेलाले भनेका छन्-‘मेस्सी जस्ता खेलाडीहरुले बल नगुमाउनु मरुभूमिमा पानी जस्तै हो ।’ उनले अघि भने-आज जब मैदान सुख्खा थियो । तर, जब मेस्सीले बल पाउँथे, हामीलाई स्वच्छ हावा दिन्थे।’

चार पटकको फिफा बालोन डि’ओर विजेता २७ वर्षीय मेस्सीले गोल त गरेनन्, तर अधिकांश समय अर्जेन्टिनाको आक्रमक खेलका योजनाकार बने ।

बेल्जियमविरुद्धको खेल अर्जेन्टिनाका लागि ९१ औं खेल हो, जुन लेजेन्ड डिएगो म्याराडोनाको समान हो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका म्याराडोनाले ३४ गोल गरेका थिए भने मेस्सीले ४२ गो गरेका छन् ।

म्याराडोनाले विश्वकपमा १९ खेल खेले र ८ गोल गरे । मेस्सीले १३ खेलमा ५ गोल गरेका छन्, जसमा चार गोल यही विश्वकपको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?