+
+

चितवनमा बालिकाद्वारा आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते ११:०५

२२ असार, चितवन । चितवनको नारायणगढमा एक बालिकाले आत्महत्या गरेकी छिन् । भरतपुर नगरपालिका-४ स्थित नारायणगढको न्युरोडमा स्थानीय विष्णुप्रसाद क्षेत्रीकी १२ वर्षीया छोरी देविला क्षेत्रीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार घरमै पङ्खामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा स्थानीय र परिवारले फेला पारेपछि उनलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । देविलाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बाह्र वर्षीया बालिकाले के कारणले आत्महत्या गरेकी हुन् त्यो भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?