+
+

एमालेको बन्द सत्रमा समुहगत छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते ८:३०

२३ असार, काठमाडौ । नेकपा एमालेको बन्द सत्रमा पेस भएका प्रतिवेदनमाथि समुहगत छलफल सुरु हुँदैछ । भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्रमा सोमवार सगरमाथा र भेरीको समुहको नेता चयनपछि वन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि समुहगत छलफल सुरु हुने प्रचारविभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिबेदनमाथि समुहगतरुपमा छलफल भएपछि समुहका नेताले समुहले निकालेको निष्कर्ष बन्द सत्रमा प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि समुहगत छलफलमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको नेताहरुले जवाफ दिने छन् ।

बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले सांगठनिक, सचिव युवराज ज्ञवालीले बिधान संसोधन, केन्द्रीय अनुशासन अयोग र लेखना परिक्षण आयोगको प्रतिवेदन पेश भएका छन् । प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?