+
+

अध्यक्षमा जित सुनिश्चित भएको माधव नेपाल पक्षको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते १२:४४

२३ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका प्रत्यासी माधवकुमार नेपाल पक्षले आफूहरुको जित सुनिश्चित भएको दावी गरेको छ । समूहगत छलफलका लागि बनाइएको टोली नेता चयनका लागि चुनावपछि नेपाल समूहले आफ्नो पक्ष २ सय मतले विजयी हुने दाबी गरेको छ ।

बन्दसत्र भइरहेको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र पुरुषोतम पौडैलले अध्यष्क्ष झलनाथ खनाल र नेपालले साँझसम्ममा प्यानल बनाउने र भोलि घोषणा गर्ने बताए ।

पाण्डेले आफूहरुको पक्षमा ११ सय ७८ प्रतिनिधि रहेको दावी गरे । अध्यक्षका अर्का प्रत्याशी केपी शर्मा ओलीको पक्षमा ९९७ प्रतिनिधि रहेको उनको बताए ।

तर, ओली पक्षका नेता प्रदिप नेपालले भने ओली ३५० मतले अगाडि भएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?