+
+

पीआरवाला सहसचिवसँग हारे सामान्य प्रशासनमन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते २०:२९

lalbabu-and-bharat-subadi

२३ असार, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम र अर्थमन्त्री रामशरण महतको मिलेमतोमा विवादास्पद सहसचिव भरत सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । महाधिवेनको मुखमा गरिएको हतारको सरुवाले एमालेको बन्दशत्रलाई समेत प्रभाव पारेको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुवेदीलाई अष्ट्रेलियाको पीआर लिएको भन्दै अर्थ मन्त्रालयमा सरुवा गर्न अस्वीकार गर्दै आएका थिए । पण्डितले सुवेदीलाई शिप विकास केन्द्र, खुमलटारमा काजमा सुरुवा गरे पनि उनले पत्र बुझ्न अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका रहेका बेला कार्यवाहक प्रधानमन्त्री गौतमको अध्यक्षातामा  हालै बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री महतले सुवेदीलाई अर्थमा सुरुवा गर्ने प्रस्ताव लगेका थिए । यसअघि पनि महतले सुवेदीलार्इ अर्थमा ल्याउने प्रस्ताव गरेका थिए । तर, सामान्य प्रशासनमन्त्री पण्डितले नमानेपछि प्रधानमन्त्री कोइरालाले रोकेका थिए ।

वामदेव र महतको मिलेमतोमा विवादास्पद सहसचिव सुवेदीलाई अर्थमा सुरुवा गर्ने प्रस्ताव आएपछि प्रशासनमन्त्री पण्डितले मन्त्रिपरिषद् बैठकसमेत बहिस्कार गरेका थिए ।

सामान्य प्रशासनमन्त्री पण्डितको असहमतिलाई अस्वीकार गर्दै सुवेदीको सुरुवा गरेको भन्दै एमाले महाधिवेशनमा रहेका कर्मचारी प्रतिनिधिहरुले पार्टी उपाध्यक्ष समेत रहेका गौतमलाई घेरेरे के आधारमा सुरुवा गरेको भनी प्रश्न गरेका छन् ।

बद्नाम बिगत

जागिरे अवधिमा अधिकांश समय अर्थ मन्त्रालयभित्र आकर्षक कमाइ हुने ठाउँमा मात्र बसेका सुवेदी उपसचिवबाट सहसचिव बढुवा भएपछि पुनः अर्थमा जान चाहन्थे ।

आर्थिक मामिलामा बदनाम मानिने सुवेदी अख्तियारले अकुत सम्पत्तिमा पक्राउपुर्जी जारी गरेपछि फरार भएर जोगिएका थिए । २०५८ सालमा अख्तियारका तत्कालिन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राजश्वका २२ जना कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ पुर्जी जारी गरेका थिए । अरु २१ जना समातिए पनि सुवेदी अख्तियारको टोली पुग्नुभन्दा ५ मिनेट अघिनै सुराकी पाएर मध्यरातमा घरबाट फरार भएका थिए । उनीसँगैका अरु २१ जनामध्ये अधिकांशले जेल सजाय भोगिसके पनि उनी विशेष अदालतमा रहस्यमय ढंगले सफाइ पाउनेमा पर्छन् ।

अष्ट्रेलियन पीआर

सुवेदीको परिवार अष्ट्रेलियामै स्थायी बसोबस गर्छन् भने उनी पनि बिदाको समयमा उतै जाने गर्छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नातेदार बताउने सुवेदीले कार्की नियुक्त हुने बित्तिकै उनीसँगको अनौपचारिक फोटो फेसबुकमा राखेपछि विवादमा तानिएका थिए । ‘उनले कार्कीको नाम लिए पनि अख्तियार प्रमुख कार्कीले उनलाई खासै रुचाउदैनन्’स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?