Comments Add Comment

‘मेस्सी’को दिवाना बनेका ३ हिरोइन, अर्जेन्टिनाले जित्नेमा ढुक्क

keki-messi-anu-and-nandita

ब्राजिलमा जारी ‘विश्वकप फूटबल २०१४’ को रौनक अझै सकिएको छैन । सेमिफाइनलका खेल वुधबार बिहानबाट सुरु हँुदैछ । आयोजक राष्ट्र ब्राजिल जर्मनीसँग भिड्दैछ । नेदरल्याण्ड र अर्जेन्टिनाको भिडन्त अझै रोचक हुने अपेक्षा गरिएको छ ।

नेपाली सिनेमाका ३ नायिकाहरु भने अर्जेन्टिनाले जित्नेमा ढुक्क भएर बसेका छन् । अर्जेन्टिना मन पर्नुको कारण आ-आफ्नै छ, नायिकात्रय केकी अधिकारी, अनु शाह र नन्दिता केसीलाई ।

नायिका केकी अधिकारी सानैबाट अर्जेन्टिनाकी फ्यान हुन् । परिवारका अन्य सदस्य पनि यही टिमको पक्षमा लागेपछि केकी फ्यान भएकी हुन् । तर यो पटक भने उनको दिल मेस्सीले चोरेका छन् । ‘यसपटक म मेस्सी भएकै कारण, अर्जेन्टिनाप्रति अझै क्रेजी भएको छु’, उनले भनिन् । केकीका अनुसार मेस्सीको खुट्टामा बल परेपछि गोल हुने संभावना ज्यादा हुन्छ । उनले खेललाई खेलको रुपमा लिनुपर्छ भन्दै आफूले कतै बाजी नहानेको बताइन् । मेस्सीसँग डी-मारिया पनि उनलाई मनपर्छ । यो विश्वकपमा उनले अर्जेन्टिनाको कुनै पनि खेल छुटाएकी छैनन् । ‘मेस्सीको खेल्ने स्टाइल र मान्छे राम्रो भएकाले फ्यान भएकी हुँ’, केकीले भनिन् ।

यता अर्की नायिका नन्दिता केसीलाई पनि मेस्सी भएकै कारण अर्जेन्टिना मन परेको हो । गत विश्वकपमा उनी ब्राजिलको फ्यान थिइन् । तर मेस्सीले उनको मन चोरे, यो पटक पूर्णरुपमा अर्जेन्टिनाको टि-सर्ट लगाएर सपोर्ट गरिरहेकी छिन् उनी ।

उनले अर्जेन्टिनाले विश्वकप जित्छ भनेर बाजी समेत लगाएकी छिन् । ‘१५ हजारको बाजी लगाएकी छु, हेरौ जितिन्छ कि हारिन्छ’, उनले भनिन् । मेस्सीको खेलबाट प्रभावित नन्दिताले आजसम्म कुनै पनि अर्जेन्टिनाको खेल छुटाएकी छैनन् ।

यता अर्की नायिका अनु शाह पनि मेस्सीकै कारणले अर्जेन्टिनाको सपोर्ट गरिरहेकी छिन् । उनलाई फूटबल साधारण र सबैले वुझ्ने खेल भएका कारण मनपर्छ । तर अर्जेन्टिना मन पर्नुको एउटै कारण मेस्सी हुन् । मेस्सीलाई अन्य देशका खेलाडीले घेरेको र लडाएको देख्दा मन दुख्छ अनुको । उनको खुट्टामा बल परेपछि गोल हुन्छ भन्नेमा ढुक्क छिन् अनु । तर राती पनि छायांकन भएकाले अनुले अर्जेन्टिनाको सबै खेल हेर्न पाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment