विश्व चर्चित सामाजिक संजाल फेसबुकले नायिका नम्रता श्रेष्ठको पेजलाई पक्का गरेको छ । नम्रता फेसबुक पेज भेरिफाइड हुने पहिलो नेपाली नायिका हुन् । लोकगायिकाद्धय सुनिता दुलाल र मुना थापामगरको पेज यसअिघ भेरिफाइड भएको थियो ।
फेसबुकमा नम्रताको २ लाख भन्दा धेरै फ्यानहरु छन् । तर नम्रताको भन्दा धेरै पेज लाइक भएका रेखा थापा, हरिवंश आचार्य, केकी अधिकारीको फेसबुक पेज भेरिफाइड भएको छैन ।
यस्तै निर्देशक सुरज सुब्बा’नाल्बो’ले आफ्नो आधिकारिक यूट्यूब च्यानल सार्वजनिक गरेका छन् । आफ्नै सिनेमाका ट्रेलर, गीत, अन्र्तवार्ता समावेश गरेर सुरजले च्यानल बनाएका हुन् । एप्स र ब्लगपछि उनले यूट्यूबमा आफूलाई अगाडि ल्याएका हुन् । उनले विभिन्न सिनेमाका गीत, ट्रेलर आफ्नै च्यानलबाट सार्वजनिक गर्दै आएका छन् ।