Comments Add Comment

मेस्सीले टिमका लागि त्याग गरे : माउरिन्हो

Messi

३१ असार, काठमाडौं । चेल्सीका प्रशिक्षक जोसे माउरिन्होले विश्वकप फुटबलमा लिओनल मेस्सीले टिमका लागि त्याग गरेको बताएका छन् ।

२४ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्‍याएपनि उपाधि जित्ने सुनौलो अबसर गुमाएको भन्दै मेस्सीको प्रदर्शनमाथि प्रश्न उठ्न थालेको छ ।

तर, माउरिन्होले भनेका छन्-‘उनले टोलीको राम्राका लागि उनले आफूलाई बलिदान गरे । उनी उत्कृष्ट खेलाडी हुने भन्दा प्रतियोगिता जित्नेमा बढी केन्द्रीत भए ।’ विश्वकपमा मेस्सीले जे गरे त्यसप्रति आफ्नो सम्मान रहेको उनले बताए ।

क्लब र देशका लागि फुटबल खेल्नु फरक भएको भन्दै उनले भनेका छन्-‘यदि उनले आफू कति राम्रो छु भन्ने देखाउन चाहेको भए हिगुइनको पछि हुन्थे र कतिबेला मौका पाइन्छ भनेर मौका कुरेर बस्थे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment