+
+

ओलीले जित्ने खनाललाई पहिल्यै थाहा थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते २०:२५

३१ असार, काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले अहिलेको निर्वाचन परिणाम आफूले सोचे जस्तै आएको खुलासा गरेका छन् । केपी ओलीले औपचारिक रुपमा आफूलाइ बिस्थापित गरेपछि मतगणनास्थलबाट बाहिरिएका खनालले यस्तो परिणाम आउछ भन्ने आफूले पहिलेनै आँकलन गरेको बताए ।

Jn-khanal‘म यो परिणामबाट अत्यन्त खुसी छु, कार्यकर्ताको भावना बुझ्दा पनि यहि परिणाम आउछ भन्ने मलाई लागिसकेको थियो’ पत्रकारहरुसँग कुरा गर्दै खनालले भने ‘पदाधिकारीमा जसरी कार्यकर्ताले दुवै पक्षलाई मिलाएर जिताएका छन् यसले एमाले अझ एकताबद्ध भएर अघि बढ्छ भन्ने सन्देश दिएको छ’ ।

निवर्तमान अध्यक्षबाट स्वतः बरिष्ठ नेता बनेका खनालले पदाधिकारीको परिणामले एमाले एकताबद्ध रहेको र आगामी दिनमा अझ एक भएर अघि बढ्छ भन्ने देखाएको बताए । ‘नेताहरु दुई गुटमा बिभाजित भए पनि कार्यकर्ताले पार्टी एकढिक्का राख्न चाहे, यसबाट म सबैभन्दा खुसी छु’ खनालले भने ‘ खनालले भने ‘ अब प्यानलहरु बिघटन हुनेछन् र एमाले अझ बढि एकताबद्ध हुनेछ’ ।

खनालले बरिष्ठ नेताको हैसियतमा एमालेलाई अझ बढि एकताबद्ध बनाउन र गुटबन्दी बिघटन गर्न आफ्नो भूमिका रहने बताए । ‘म चार पटकसम्म यो पार्टीको नेतृत्व गरेको मान्छे हुँ मलाई मेरा कार्यकर्ता के चाहान्छन् भन्ने थाहा थियो, आज उनीहरुले मलाई सही प्रमाणित गरेका छन्’ खनालले प्रफुल्ल मुद्रामा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?