+
+

ब्रिटिस कलेजमा ६६ जनाले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १ गते १७:३५

British-College-2
१ साउन, काठमाडौं । द ब्रिटिस कलेजका विद्यार्थीहरुले काठमाडौँमा रगत अभाव बढेको समाचार सार्वजनिक भएपछि कलेज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजमा स्थापना गरिएको विद्यार्थीहरुको क्लब हातेमालो फाउण्डेशनमा ६६ जना विद्यार्थीले रक्तदान गरेका थिए ।

हातेमालो फाउण्डेशनका संस्थापक तथा संयोजक सफलता श्रेष्ठ र कार्यक्रममा संयोजक रोशन मेहताको नेतृत्वमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र अन्य रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कलेजभित्र सामाजिक र परोपकारका क्षेत्रमा काम गर्नका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत गठन भएको यस फाउण्डेशनले सामाजिक उत्तरदायित्य स्वरुप सो कार्यक्रम आयोजन गरिएको थियो । संस्थाले आगामी दिनहरुमा पनि रगतको चरम अभावका बेलामा पनि यस्ता अन्य कार्यक्रम गर्न तत्पर रहने जनाएको छ ।

British-College

रक्तदान कार्यक्रममा कलेजका शैक्षिक निर्देशक नरेन्द्र कडेंलले विद्यार्थीहरुले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए । “विद्यार्थीहरुले पढाइका साथसाथै सामाजिक  र परोपकारी कामहरुमा पनि आफूलाई क्रियाशील गराउँदै लैजानुपर्छ,” उनले भने, “त्यसका लागि कलेजले पनि सहयोगी भूमिका खेलिरहेको छ ।”

त्यसैगरी फाउण्डेशनका संयोजक सफलता श्रेष्ठले आफूहरुले सदैव अध्ययनका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी समाजलाई आवश्यक पर्ने हरेक गतिविधिमा सक्रिय भई लागिपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?