Comments Add Comment

पेट्रोलियम डिपोहरुमा क्यालिव्रेशन गर्न सचिवको निर्देशन

१ साउन, काठमाडौ । प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीले नेपाल आयल निगमका डिपोहरुमा यथाशिघ्र क्यालिव्रेशन गर्न निर्देशन दिएका छन् । उनले बिहीबार गुणस्तर तथा नापतौल विभागलाई यथाशिघ्र डिपोमा क्यालिव्रेशन गर्न निर्देशन दिँदै नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक सहयोग गर्न अाग्रह गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चले निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोल पम्पहरुलाई तेल भर्दा अनिवार्य रुपमा हुनुपर्ने अन्तर्राष्ट्रिय NOCस्तरको क्यालिव्रेशन नगरेकोले प्रति तीन हजार लिटरमा ५० लिटर तले कम पाइएको भन्दै उजुरी गरेको थियो ।

मञ्चको उजुरीपछि प्रधानमन्त्री कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रका डिआईजी रोशननाथ पन्तको संयोजकत्वमा उच्चस्तरीय छनविन टोली अमलेखगञ्जमा पठाएको थियो । उक्त टोलीले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सचिव बास्कोटाको संयोजकत्वमा सतर्कता केन्द्र, आपूर्ति मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, आयल निगम र उपभोक्ता मञ्चका प्रतिनिधिसमेत रहेको उच्चस्तरीय बैठकमा बिहीबार छलफल भएको थियो ।

छलफलमा आगामी दिनमा मापनमा प्रयोग हुने गुणस्तरयुक्त फ्लो मिटर प्रयोगमा ल्याउन, क्यालिव्रेशन टावर भएको ट्रक, टैंकर एवं क्यालिव्रेशन टावरको मापन भएपछि उक्त विवरण अनलाइनमा राख्ने व्यवस्था गर्न पनि सम्बन्धीत निकायलाई निर्देशन दिइएको छ ।

त्यसैगरि, पेट्रोलियम पदार्थ कुन पेट्रोल पम्पलाई कति परिमाणमा उपलब्ध गराउने भन्ने सम्बन्धमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, निगमले प्रयोग गर्दै आएका डिप रड तथा लिटरहरु गुणस्तर तथा नापतौल विभागबाट नियमित रुपमा क्यालिव्रेशन गर्ने व्यवस्था मिलाउने, टैंकरमा प्रयोग गरिने सिलको सट्टा प्रमाण चिन्ह भएको गुणस्तरयुक्त सिलमात्र प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि सचिव सुवेदीले निर्देशन दिए ।

निगमले भारतीय आयल निगमसँग समन्वय गरी निर्देशनहरु तत्काल लागु गर्ने, निगम तथा यस अन्तर्गतका डिपोहरुबाट काम कारवाहीमा कुनै गुनासो प्राप्त भए तत्काल सम्बोधन गर्ने स्थायी परिपाटी विकास गर्ने र उल्लेखित सबै कार्यको मन्त्रालयबाट नियमित समन्वय र अनुगमन गर्न छानविन समितिले दिएको प्रतिवदेनका सुझावहरु कर्यान्वयन गर्न उद्योग मन्त्रालय, आपूर्ति मन्त्रालय र निगमलाई सचिव सुवेदीले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment