Comments Add Comment

अमेरिकी विदेशी मन्त्री केरीलार्इ नेपालको भ्रमण निम्तो

२ साउन, न्युयोर्क । सातवटा महादेशका अग्ला हिमाल चढ्ने सात जना नेपाली युवतीहरुको समुह सेभेन समिट्स वेमन टिम अमेरिकी विदेश मन्त्री जोन केरीलार्इ नेपाल भ्रमणको निम्तो दिएका छन् । केरीसँग वासिंगटन डिसीमा विहीवार भएको भेटमा सेभेन समिट्सको टिमले केरीलार्इ नेपाल भ्रमणको निम्तो दिएका हुन् । 

nepali-women-with-jon-keri-

जवाफमा विदेश मन्त्री जोन केरीले अाफू छिट्टै नेपाल भ्रमणमा जाने वताएका छन् ।   केरीले नेपालको भ्रमण गर्ने अाफ्नो इच्छा रहेको वताउँदै उनले  समय मिलाएर छिट्टै नेपाल जाने वताएको टोलीकी सदस्य पुजना आर्चायले वताइन् ।

nepali-women-with-jon-keri

केरीले नेपाली युवतीहरुको समुह सेभेन समिट्स वेमन टिमको प्रशंसासमेत गरेका छन् ।  भेटमा बिदेश मन्त्री केरीले सेभेन समिट्स टिम अरू महिला र युवाहरूका लागि  ठूलो उदाहरण बनेको भएको भन्दै प्रशंसा गरेको हुन् ।  केरिले  टोलीबाट महिला र युवा बर्गले धेरै कुरा सक्न सक्ने वताएका छन्।

केही दिन अघि मात्र अमेरिकाको अलास्कामा रहेको डेनाली हिमाल आरोहण गरेका सेभेन समिट्सको टिम एक  हप्ता लामो युएस डिर्पाटमेन्टको कार्यक्रमका लागि वासिंगटन डिसीमा रहेको  छ । बिदेश मन्त्री केरिसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडे र अमेरिकाका लागि कार्यवाहक  नेपाली राजदूत ऋषिराम घिमिरेको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment