Comments Add Comment

मुख्यमन्त्री शाहीका प्रशासनिक सल्लाहकारले भने- भ्रष्टाचार मुद्दामा सफाइ पाएको छु

१३ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रशासनिक सल्लाहकार रत्न गाहा मगरले आफूलाई लगाइएको भ्रष्टाचारको आरोप गलत भएको प्रष्ट्याएका छन् ।

यही चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गाहालाई प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नियुक्तिलगत्तै ‘भ्रष्टाचारका आरोपी मुख्यमन्त्रीको सल्लाहकार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । सो समाचारको खण्डन गर्दै गाहाले भ्रष्टाचार मुद्दामा अदालतबाट आफूले सफाइ पाइसकेको बताएका छन् ।

गाहा समाज कल्याण परिषदको पूर्वकोषाध्यक्ष हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा उनी पनि मुछिएका थिए । तर, आफूले परिषद छोडेको ९ महिना ३ दिनपछि भएको निर्णयमा राजनीतिक पूर्वाग्रह राखी मुद्दा हालिएको उनको भनाइ छ ।

उक्त मुद्दामा विशेष अदातलले आफूलाई सफाइ दिएको र विनाधरौटी साधारण तारेखमा रिहा भएको गाहाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment