Comments Add Comment

प्रेमिकालाई कोठामा बोलाएर सामुहिक बलात्कार

२ साउन, कञ्चनपुर । कञ्चनपुरको भगतपुर गाउँमा एक युवकले साथीहरुसँग मिलेर आफ्नी प्रेमिकालाई सामुहिक बलात्कार गरेका छन् ।

Rape-Sketchमहेन्द्रनगर नजिकै पर्ने भगतपुरकी १६ वर्षीया युवतीले आफूलाई सुरेन्द्र भट्टले कोठामा बोलाएर बिहीबार राति साथीको मिलेमतोमा सामुहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रहरीले आरोपीत चारै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एसपी राजेन्द्रप्रसाद चौधरीले अनलाइनखबरसँग भने-‘आशंकाको आधारमा अनुसन्धान भइरहेको छ । प्रहरीको रिपोर्ट नआएसम्म बलात्कार नै हो भन्न सकिने अवस्था छैन ।’

मिलेमलोमा शारीरिक सम्वन्ध राखेर बलात्कारको आरोप लगाएको वा बलात्कार हो भन्न नसकिने प्रहरीले बताएको छ  । पक्राउ परेका युवकहरुले बलात्कार गरेको आरोप स्वीकार गरेका छैनन् ।

सामूहिक बलात्कारपछि रुँदै सडकमा हिडिरहेकी युवतीले वडा प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराइकी थिइन् । पीडित युवतीको महाकाली अञ्चल अस्पताललमा शुक्रबार विहान मेडिकल परीक्षण गरिएको छ ।

भगतपुरमा डेरा गरेर बस्दै आएकी युवतीको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment