+
+

श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते ८:००

३ साउन, सप्तरी । श्रीमतीको हत्या आरोपमा सप्तरीमा एक व्यक्रि पक्राउ परेका छन् । सप्तरीको मलेकपुर-५ खुरहुरियाकी १९ वर्षीया पुनीताकुमारी मण्डलको हत्या गरेको आरोपमा उनका पति अर्जुन मण्डललाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

पीडितका बुवा सारस्वर-८ का नथुनी मण्डलले छोरीको हत्यामा संलग्न मण्डललाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएपछि सप्तरी प्रहरीले उनलाई पक्राउ गरेको हो । उजुरीमा आरोपितले दाइजोकै कारण गएराति पीडितको हातखुट्टा बाँधी घाँटी निमोठी हत्या गरेकाले कारबाहीको माग गरिएको छ ।

अनुसन्धानका लागि मृतककी सासु र ससुरालाई समेत नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरिएको प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । पक्राउ परेका अर्जुन र मृतक पुनीताकुमारीको सामाजिक परम्पराअनुसार गत बैशाख २३ गते विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?