Comments Add Comment

भारतबाट रेमिट्यान्स भित्र्याउने कार्य सरल बनाइने

rupees३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट रेमिट्यान्स भित्राउने कार्यलाई सरल र सहज बनाउने भएको छ । अहिले केही बैंक तथा रेमिट्यान्स कम्पनीले भारतबाट पैसा नेपाल भित्राउँदै आएपनि त्यो नगन्य रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौदि्रक नीति सार्वजनिक गर्दै भारतबाट सहज र सरल रुपमा रेमिट्यान्स भित्राउने व्यवस्था मिलाउने बताएको छ ।

‘भारतबाट भित्रिने रेमिट्यान्स प्रणालीमा रहेका विद्यमान कठिनाइहरु कुटनैतिक तथा केन्द्रीय बैंकको तहमा समधान गर्दै भारतबाट रेमिट्यान्स भित्राउने कार्यलाई सरल र सहज बनाइने छ’ मौदि्रक नीतिमा भनिएको छ ।

रेमिट्यान्सको कारोबार गर्दै आएका नेपालका प्राइभेट कम्पनीहरुलाई भारतमा कम्पनी खोलेर त्यहाँको वाणिज्य बैंकमार्फत सहज रुपमा पैसा पठाउन सकिने व्यवस्था नेपाल सरकार र राष्ट्र बैंकले गरिदिनुपर्ने आईएमई मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए । सरकारले कुटनीतिक तहबाट भारतीय अर्थ मन्त्रालय वा भारतीय रिजर्भ बैंकसँग सहकार्य गरेर सहज रुपमा रेमिट्यान्स नेपाल भित्राउने व्यवस्था गर्नुपर्ने सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले बताए ।

भारतबाट रेमिट्यान्स भित्राउने प्रकृयाको सुरूवात एसवीअाइ बैंकसँगको सहकार्यमा प्रभु मनी ट्रान्सफरले गरेको थियो । अहिले एभरेष्ट बैंक,  प्रभु मनी ट्रान्सफर, ग्लोबल आईएमई बैंकले भारतबाट रेमिट्यान्स भित्र्याउँदै आए पनि त्यो अत्यन्तै न्यून रहेको छ । एभरेष्टले पंजाव नेशनल बैंकसँग आईएमई मनि ट्रान्सफरले ग्लोबल आईएमई बैंकको माध्यमबाट युनाईटेड बैंक अफ इन्डियाबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।

‘अहिले हामीले करोडमा रेमिट्यान्स भित्र्याउँदै आएका छौं’ आईएमईका सिइअो पोखरेलले भने- ‘ भारतमा कम्पनी खोली त्यहाँका वाणिज्य बैंक तथा रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्न पाए अर्बौंमा रेमिट्यान्स भित्र्याउन सक्थ्यौं ।’

‘अहिले पनि भारतबाट रेमिट्यान्स आइरहेको छ, तर त्यहाँको झण्झटिलो कानुनी प्रकृयाका कारण नेपालीहरु बैंकबाट रकम पठाउन उत्साहित हुादैनन’ प्रभु मनी ट्रान्सफरका मार्केटिङ डाइरेक्टर दक्ष पौडेलले भने-‘प्रकृया सरलीकृत गर्न सरकारले नै पहल गर्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकले छिट्टै कुटनैतिक तथा केन्द्रय बैंकको तहबाट समस्या समधान गर्दै रेमिट्यान्स भित्राउने कार्यलाई सहज बनाउने प्रतिवद्धता जनाएको छ । भारतमा कार्यरत नेपालीहरुले सहज रुपमा बैंकमा गएर नेपालमा रेमिट्यान्स भित्राउने वातावरण बनेमा अधिकांश रकम बैंकिङ प्रणालीबाट भित्रिने चन्द्र टन्डन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment