४ साउन काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सात आयोजनाबाट उत्पादन हुने ६२ मेगावाट विद्यूतको विद्युत खरिद सम्झौता -पीपीए) गरेको छ ।
प्राधिकरणको शनिवार बसेको सञ्चालक समितिको बैठकले २५ मेगावाटको दरबाङ म्याग्दी, ७.५ मेगावाटको माथिल्लो खोरुङगा खोला, ६.६ मेगावटको रुद्रीखोला, २१.६ मेगावाटको तल्लो हेवा खोला, ०.७५ मेगावाटको लुदी सानाखोला, ०.४ मेगावटको ओपन रिभर टार्काडो, ०.९८ मेगावाटको पावरखोलाका परिआयोजना प्रवर्द्धकहरुसँग प्राधिकरणले पीपीए गरेको हो । योसहित प्राधिकरणले १ सय ६० विद्युत उत्पादकसँग २ हजार ५८ मेगावाट बराबरको विद्युतको पीपीए गरिसकेको छ ।
तोकिएको समयमा लगानी जुटाउन नसकेको भन्दै प्राधिकरणले ४० मेगावाट क्षमताका ९ आयोजनाका प्रवर्द्धकसँग भविभन्न मितिमा भएको विद्युत खरिद सम्झौता खारेज गरेको छ । १० मेगावाटको लाङलाङखोला, १४ मेगावाटको माथिल्लो मोदी, ०.७ मेगावटको लड्कुखोला, ५ मेगावाटको दरमखोला, ४.५ मेगावटको तल्लो न्यादी, ५८० किलोवाटको गोल्मागाड, ४६५ किलोवाटको सेतीखोला, ३.५ मेगावाटको मध्यगडीगाड र ९.९५ किलोवाटको माथिल्लो जुम्दी आयोजनाको पीपीए खारेज गरेको हो ।
प्रतिक्रिया 4