+
+

सशस्त्र प्रहरीद्वारा डुबान पीडितको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ११:५३

४ साउन, कञ्चनपुर । महाकाली नदीको पानी पसेर साउन ३ गते कञ्चनपुर जिल्लाको दोधारा चाँदनी गाउँका डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

अविरल वर्षातपछि नदीमा आएको बाढी पसी डुबानमा परेका ३५ घरपरिवारलाई एपीएफ टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले डुवानमा परेका घरबाट ७५ जना मानिससहित भौतिक सामाग्री सुरक्षित स्थानमा सारेको थियो ।

डुवान पीडितहरुलाई गाउँकै विद्यालयमा राखिएको छ । वषर्ासँगै महाकाली नदीमा पानीको वहाव बढी जोखिम पुग्नसक्ने गाउँका नागरिकको तत्काल उद्धार र सहयोग गर्न उक्त कार्यालय र राजस्व एवं भन्सार गस्ती सुरक्षा गुल्म गड्डाचौकीबाट टोली खटिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?